CG Electronics
IME Life
NIMB

टिभीएसले ल्यायो बब्बाल फाइनान्स अफर

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि टिभीएस मेटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्न थालेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले टिभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआइ क्रमशस् जुपिटरमा रू ३,९०८, एनटर्क स्क्वाड एडिशनमा रु ५,२५४ र अपाचे आरटीआर २०० ४भी रू ६,८२२ खरिद गर्न सक्नेछन् । त्यसैगरी अपाचे आरटीआर २०० ४भी को नगद खरिदमा ग्राहकहरूले टिभीएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभीएस ले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन । टिभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने, ‘हामी यो फाइनान्स योजनाले हाम्रा ग्राहकलाई टिभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। यो फाइनान्स योजनाले ग्राहकलाई नयाँ टिभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्ने छ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।’
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपूर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...