CG Electronics
IME Life
NIMB

सयपत्री हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, साढे १५ लाख आवेदकको हात खाली हुने

NIMB
Himalayan Bank

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ आज अर्थात मंगलबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको बिक्री प्रबन्धकान एनआइबीएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।

कम्पनीले साउन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्रै १०-१० कित्ता सेयर प्राप्त गर्नेछन् । यी मध्ये तीन जनाले भने थप १-१ कित्ता सेयर हात पार्नेछन् । बाँकी साढे १५ लाख आवेदकको हात खाली हुने छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...