CG Electronics
IME Life
NIMB

मलेसियामा एक हजार कामदार शून्य लागतमा लैजान माई टेक र एसेम्ब्ली कम्पनीसँग व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावरको सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केहि समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे ।

रेष्पोन्सिबल विजनेश एलाइन्स ९आरबिए०मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।

यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै एचआर निर्देशक लि र मेनपावरका सीईओ श्रेस्ठले आफुहरुको अभियान भनेको निशुल्क बैदेशिक रोजगारी भएकाले सरोकारवाला संघ सँस्थालाई अनुगमन गर्न र आवश्यक सहयोग गर्न अनुरोध गरे ।

बर्षौदेखी वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन २०२० देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । कार्यक्रममा उपस्थित पत्रकारहरुले सबै कामदार तथा मेनपावरको चाहना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनिहरुले भने–‘ अव यो मेनपावर मात्र होइन सबै मेनपावरबाट नेपाली कामदार जिरो कष्टमा नै जानु पर्छ ।’

सरकारले निशुल्क भिसा र टिकटको नियम राखे पनि अहिले केही मेनपावरहरुले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो भएको छ । नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने दिन अवस्य आउनेछ ।
उक्त कार्यक्रममा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका एचआर लिले आफ्नो कंपनी मलेसियाको जोहर राज्यमा रहेको र आफ्नो उत्पादन कारखानामा नेपाली कामदारहरूलाई काममा लगाउने योजना घोषणाको लागी नेपाल आई पत्रकार सम्मेलन आयोजना गरेको बताए । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले नैतिक भर्तीको समर्थनमा शून्य माइग्रेसन(लागत भर्ती सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको उनले बताए ।

माईटेकका एचआर निर्देशक लिले नेपाली आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न सुरुदेखि नै जिम्मेवार भर्ना सुनिश्चित गर्न कम्पनीले काठमाडौंमा भर्ना प्रक्रियामा सक्रिय रूपमा संलग्न रहेको बताए ।

शून्य प्रवास लागत भर्तीको एक भागको रूपमा कामदारहरुलाई आफ्नो रोजगारको लागी शुल्क तिर्न आवश्यक छैन उनले भने । यसको मतलब माइटेकले सेवाको अन्त्यमा एजेन्ट शुल्क, चिकित्सा परीक्षण, राहदानी, उडान टिकट, स्थानीय यातायात, आवास र स्वदेश फिर्ता लगायत सबै भर्ती खर्च बेहोर्ने एचआर लिले दावी गरे ।

नेपाल छाड्नुअघि र रोजगारीका क्रममा कामदारले भर्नासँग सम्बन्धित तालिम खर्च वहन गर्नुपर्ने छैन उनले भने । हामी कुनै पनि सरकारी निकायहरू र गैर(सरकारी संस्थाहरूलाई हाम्रो शून्य(भर्ती अवलोकन र समर्थन गर्न स्वागत गर्दछौं कार्यक्रममा एचआर लिलेले आफ्नो एकमात्र भर्ती एजेन्सीको रूपमा नेपालको मेनपावर व्हाईट हर्ष प्रालिलाई नियुक्त गरेको बताए ।

आफ्नो कम्पनीको मलेसिया वा नेपालमा अन्य कुनै भर्ती एजेन्सी संलग्न नभएको र नहुने एचआर लिले बताए । व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालिको भूमिका भनेको नेपालमा कुनै पनि अन्य म्यानपावर एजेन्सी र एजेन्टको प्रयोग नगरी सीधै कामदारहरूको स्रोत बनाउनु रहेको एचआर लिले बताए ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले भर्ती टोली अन्तर्वार्ता र छनोट गर्न कामदारहरूले कुनै भर्ती शुल्क नतिर्ने कुरा सुनिश्चित गर्न काठमाडौंमा आएको जनाएको छ ।

यदि कुनै कामदारले व्हाइट हर्षलाई भर्ती शुल्क तिरेको छ भने हामी उसलाई सम्बन्धित अधिकारीहरू र माई टेक एसडिएन बिएसडि भर्ती टोलीलाई यो रिपोर्ट गर्न आग्रह गर्दछौ एचआर निर्देशक लिले पत्रकार सम्मेलनमा भने ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि वा व्हाईट हर्ष रिक्रुटमेन्टले कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याउने झूटा दाबी गर्ने जो कोही विरुद्ध पुलिस र सरोकारवाला निकायमा रिपोर्ट दर्ता गर्न पछि नपर्ने जनाएको छ ।

माईटेकले श्रमशक्तिसँग विगतका सकारात्मक अनुभवका कारण नेपाललाई आफ्नो श्रमको प्राथमिक स्रोतको रूपमा रोजेको बताएको छ । नेपाली कामदारहरू छिटो सिक्ने र इमान्दार भएकाले आफ्नो रोजाइमा परेको एचआर निर्देशक लिले बताए ।

माई टेक कम्पनीमा सामेल भएका कामदारहरूको अनैतिक भर्ती वा भर्तीसँग सम्बन्धित शुल्कको भुक्तानीको सम्बन्धमा कुनै चिन्ता छ भने कम्पनीको इमेल ष्लाय२mथदचगकजनचयगउ।अयm या ंटण्ठछढडज्ञघज्ञट मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि सन २००४ मा स्थापित भै जोहोरवारु राज्य मलेशियामा मुख्यालय रहेको निर्माण समाधान कम्पनी भएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय र स्थानीय आवश्यकताहरू सेवा गर्दै कारखानाको साथ ४ प्लान्टहरु बाट आफ्नो उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्राथमिक उत्पादन गतिविधिहरू हाल मलेसिया र फिलिपिन्समा आधारित रहेका छन । कम्पनीको अन्तर्राष्ट्रिय साझेदारहरूले उत्पादनहरू विश्वभर बजारीकरण गर्ने गरेको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...