CG Electronics
IME Life
NIMB

एमसीसी परियोजनामा हालसम्म ६ अर्ब रुपैयाँ खर्च

NIMB
Himalayan Bank

काठमाडौं । बहुचर्चित एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा हुने भएको छ । बिहीबार एमसीसी परियोजना अगाडि बढाउने नेपाली संस्था एमसीए नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो ।

मिलेनियम च्यालेन्ज अकाउन्ट ९एमसीए० नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन निर्माण तथा तीनवटा सबस्टेशन निर्माणको लागि टेण्डरको कागजात तयार भइसकेको छ । आगामी पुष महिनामा अन्तर्राष्ट्रिय टेण्डर गरेर परियोजनाका लागि ठेकेदारहरू छनोट गरिने बिष्टले बताए । टेण्डरको समय ६ महिनाको हुनेसमेत बिष्टले बताएका छन् । आगामी पुष महिनामा टेण्डर आव्हान गरी २०७० सालको असार महिनाभित्र ठेकेदार छनोटको काम सकी भदौ महिनादेखि परियोजनाको काम सुरु गर्ने एमसीए नेपालले जनाएको छ । यद्यपि अहिले पनि परियोजनाको पूर्वतयारीको काम भइरहेको बताएको छ । आगामी असार महिनाभित्र परियोजना पूर्वतयारीको सबै काम सकी साउन वा भदौ महिनादेखि परियोजना निर्माणको काम सुरु गरिने छ ।

गत फागुन १२ गते संघीय संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसलगत्तै एमसीसी परियोजना निर्माणको बाँकी काम तीव्ररूपमा भइरहेको छ । एमसीए नेपालका अनुसार ३१५ किलोमिटर लामो प्रसारण लाइनको रेखाङ्कनको काम पूरा भइसकेको छ । यद्यपि केही स्थानमा अवरोध सिर्जना भएको कारण त्यसको विकल्प छ कि भनेर अध्ययन भइरहेको पनि एमसीए नेपालले बताएको छ । ३२ किलोमिटर क्षेत्रमा केही समस्या आएको र त्यसको समाधानका लागि काम गरिरहेको एमसीए नेपालले जनाएको छ ।

सरकारी कम्पनीलाई प्रतिष्पर्धामा निषेध
आगामी पुष महिनामा हुने टेण्डरमा सरकारी स्वामित्वका कम्पनीले भने भाग लिन नपाउने भएका छन् । ठेक्काको काम व्यापारमुखी काम भएकाले सरकारी कम्पनीलाई नभई निजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुले मात्रै प्रतिष्पर्धामा भाग लिने पाउने एमसीए नेपालले जनाएको छ । एमसीसी परियोजनाका ठेक्कामा ५ देशका कम्पनीहरुले भने भाग लिने नपाउने एमसीए नेपालले जनाएको छ ।

यसअघि एमसीसी परियोजनाको सुरुवात मिति कुनलाई राख्ने भन्ने विवाद थियो । बिहीबारको पत्रकार भेटघाटका क्रममा एमसीए नेपालले हाल पूर्वतयारीको काम गरिरहेको र सन् २०२३ को जुलाईको अन्तसम्म जग्गा अधिग्रहण, रुख कटान, मुआब्जा वितरण लगायतका सबै काम सकी २०२३ को अगष्टबाट परियोजनाको निर्माण सुरु गर्ने बताएको छ । ५ वर्षभित्र सक्नुपर्ने कामको मिति गणना सन् २०२३ को अगष्टबाट सुरु हुने पनि एमसीए नेपालले जनाएको छ ।

३ नयाँ स्टेशन र ४ सय केभीको ३१५ किलोमिटर प्रसारणलाइन निर्माणको योजना
एमसीसी परियोजना अन्तर्गत नेपालमा ४ सय केभीए क्षमताको ३१५ किलोमिटर लामो प्रसारणलाइन र ३ वटा नयाँ शव स्टेशन बनाउन लागिएको छ । वातावरणीय प्रभावलाई न्युनिकरण गर्नका लागि यसअघि १ हजार ३१५ वटा विद्युत्का पोल बनाउने तयारी गरिएकामा अहिले विद्युत् पोलको उचाई बढाउने तर पोलको सङ्ख्या घटाउन लागिएको छ । हाल ८५४ वटा मात्रै पोल गाड्ने गरी डिजाइन गरिएको एमसिए नेपालले जनाएको छ । टावर ठूलो भएको कारण एउटा टावर जडान गर्नका लागि करिब एक रोपनी क्षेत्रफल ओगटिने र दायाँ बायाँ ३० मिटर क्षेत्रमा संरचना बनाउन नमिल्ने एमसीए नेपालले जनाएको छ ।

एमसीए नेपालका अनुसार प्रसारण लाइन निर्माणका क्रममा नुवाकोटको रातमाटे, तनहुँको दमौली र बेटवलमा नयाँ शव स्टेशन निर्माण गरिने छ । एमसीसी परियोजना अन्तर्गत नै दाङमा ७० किलोमिटर सडकको स्तरउन्नती र मर्मत गर्ने काम पनि परियोजनाले गर्ने छ । दाङको धानखोलादेखि शिवखोला ९दाङको दुई सिमाना०सम्मको सडम एमसीसीले मर्मत गर्ने छ ।

हालसम्म साँढे ६ अर्ब खर्च
एमसीसी परियोजना अन्तर्गतका कामका लागि हालसम्म ६ अर्ब रुपैयाँ खर्च भएको एमसीए नेपालले जनाएको छ । पहिलो चरणको पूर्वतयारी योजना अन्तर्गत पुनर्वास कार्ययोजना, प्रसारण लाइन रेखाङकनमा आएको गुनासो सुनुवाइ, जग्गा अधिग्रहण, मुआब्जा बितरण, रुख कटानको अनुमति, निर्माण कार्यलाई ठेक्का दिन आवश्यक कागजातको तयारी र कर्मचारीको तलब भत्तामा यो रकम खर्च भएको एमसीए नेपालले जनाएको छ ।

एमसीसी परियोजनामा पूर्वतयारीको काम पूरा गर्नका लागि ८ करोड ५ लाख डलर छुट्याइएको छ । हालको सटही दरका दरले हेर्दा यो रकम १० अर्ब ३० करोडको हाराहारीमा हुन्छ । कुल बजेटको करिब १२ प्रतिशत पूर्वतयारी कार्यका लागि खर्च गर्न पाइने परियोजनामा उल्लेख छ । एमसीसी परियोजना निर्माणका लागि अमेरिकी सरकारको एमसीसी परियोजनाबाट ५० करोड अमेरिकी डलर र नेपाल सरकारबाट १३ करोड अमेरिकी डलर गरी कुल ६३ करोड डलर छुट्याइएको छ । यसको नेपाली मूल्य हालको सटही दरका हिसाबले करिब ८० अर्ब हुनेछ ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...