Ncell NPL
NIMB
Everest Bank

बीस करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन हुँदै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए ।

पहिलो सपिङ सेन्टरमा सञ्चालनपछि बौद्ध, पेप्सीकोलासहितका अरु ४ स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले बताए । उक्त सपिङ सेन्टरहरुले ग्राहकहरुलाई सेवा प्रदान गर्ने र पाँचवटै सपिङ सेन्टरमा १ सय ५० जनाले रोजजारी समेत पाउने छन् ।

खाद्य र ग्रोसरी (तरकारी, दूध जस्ता पदार्थ) पनि नेक्स्ट स्मार्ट सपिङ सेन्टरमा पाइने छ । यसैगरी इलेक्ट्रोनिक्स समानहरु पनि पाइन्छ । सपिङ सेन्टरमा आफैं उपस्थित भएर वा अनलाइनबाट पनि अर्डर गर्न सकिने सीईओ श्रेष्ठले बताए । बाहिर अरु पसलहरुमा भन्दा ५ प्रतिशत कम मूल्यमा समान उपलब्ध गराइने उनले बताए ।

ग्राहकहरुमा विद्युतीय गाडीहरुको आकर्षण बढ्दै गएकाले उक्त सपिङ सेन्टरमा विद्युतीय गाडी चार्जिङ स्टेशन पनि जडान हुने सीईओ श्रेष्ठको भनाई छ । बुढानिलकण्ठमा निर्माणाधीन सपिङ सेन्टरमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था हुनेछ ।

निकट भविश्यमै काठमाडौं उपत्यकाबाहिर पनि शाखा बिस्तार गर्ने योजना गरेको सीईओ श्रेष्ठले बताए ।

लामो सयम विदेशमा बसेर फर्किएका म सहितका ४ जना साथीहरुको लगानीमा अस्ट्रेलियाको कोल्स र जापानको ताकासिमाया सपिङ सेन्टरकै जस्तै ‘नेक्स्ट स्मार्ट सपिङ’ सञ्चालनमा ल्याउन लागेका हौं’– सीईओ श्रेष्ठले भने ।

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:५३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा...

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:४९

  काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा ३० वर्षदेखि सेवा...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर...

वि.सं.२०८२ चैत ९ सोमवार २०:४६

  काठमाडौं। एभरेष्ट बैंकले ‘Global Money Week 2026’को अवसरमा देशभर...

नेपालमा ‘जेइको जे६टी’ विद्युतीय गाडी सार्वजनिक, ६६.९९ लाखदेखि मूल्य, ४३१ किमि रेन्ज

नेपालमा ‘जेइको जे६टी’ विद्युतीय गाडी सार्वजनिक, ६६.९९...

वि.सं.२०८२ चैत ९ सोमवार २०:२१

  काठमाडौं। एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ विद्युतीय गाडी जेइको जे६टी...

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो...

वि.सं.२०८२ चैत ९ सोमवार ११:५७

  काठमाडौं, नेपाल - २२ मार्च २०२६ - यामाहाले नेपालमै...

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५४

  काठमाडौं। महालक्ष्मी विकास बैंक ले ‘ग्लोबल मनी विक–२०२६’ को...