CG Electronics
IME Life
NIMB

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम

NIMB
Himalayan Bank

 

काठमाडौं। एभरेष्ट बैंकले ‘Global Money Week 2026’को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल राष्ट्र बैंकको संयोजनमा चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बैंकले सातै प्रदेशका शाखामार्फत विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभियान चलाएको जनाएको छ। कार्यक्रममार्फत ३ हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।

कार्यक्रमका क्रममा केही विद्यार्थीहरूलाई बैंकका शाखा अवलोकन गराई बैंकिङ सेवा तथा प्रक्रियाबारे व्यावहारिक जानकारी समेत दिइएको थियो।

‘Smart Money Talks’ नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवामा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।

हाल एभरेष्ट बैंकका करिब १४ लाख ग्राहक रहेका छन्। बैंकले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटिएममार्फत सेवा दिँदै आएको छ। साथै, आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ।

बैंकले भारतको नयाँ दिल्लीसहित अन्य मुलुकमा समेत आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...