CG Electronics
IME Life
NIMB

प्रभु इन्स्योरेन्सले चौथो त्रैमाससम्ममा कुल बीमा शुल्क एक अर्ब रुपैयाँ आर्जन

NIMB
Himalayan Bank

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा सुधार गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ५१ लाख ९४ हजार रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको बीमाकोषको आकार १४.३८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ८२ करोड ६३ लाख रुपैयाँ कोषमा संचित गरेको थियो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीले बीमा शुल्क आर्जनमा समेत बृद्धि गर्न सफल भएको छ । असार मसान्तसम्म कम्पनीले १ अर्ब ४२ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १.६४ प्रतिशत बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च २४.६४ प्रतिशत बढेसँगै नाफा सामान्य बढ्न पुगेको छ । कम्पनीको नाफा यस अवधिसम्म १.८८ प्रतिशत बढेर २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, जगेडा कोषको आकार भने १३.६८ प्रतिशत घटेर २२ करोड ९३ लाख रुपैयाँ संचित रहेको छ भने महाविपत्ती कोषको आकार ३१.८६ प्रतिशत बढेर कोषमा ८ करोड ४४ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीको खुद दाबी भुक्तानी भने यस अवधिसम्म २.३९ प्रतिशत घटेर १९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनीको हालसम्म जारी बीमालेखको संख्या १ लाख २० हजार ४५५ रहेको छ ।

एक अर्ब २८ करोड चुक्तापुँजी रहेको कम्पनीको यस अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी (इपीएस) १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७२ रुपैयाँ रहेको छ ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...