CG Electronics
IME Life
NIMB

वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौँ संस्करणका अन्तिम ६ प्रतिस्पर्धीका नाम घोषणा

NIMB
Himalayan Bank

काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर किशोरीबाट कुल ६४८ आवेदन प्राप्त भएको र शुक्रबार अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीमा निहित प्रतिभा र उत्साहलाई प्रस्फुटन गराई उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो ।

यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यी हुन् वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी

आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति रहने छन् ।

यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धीहरूलाई भोट गर्न, मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३३००१ मा एसएमएस गर्न सकिने छ ।

फाइनलिस्टका भोटिङ कोड यस्ता छन्

आशिष शाह – GTHAS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
विमर्ष पौडेल– GTHBP टाइप गरी ३३००१ मा एसएमएस पठाउने
दर्शना रिजाल – GTHDR टाइप गरी ३३००१ मा एसएमएस पठाउने
निश्चल सिंह विष्ट– GTHNB टाइप गरी ३३००१ मा एसएमएस पठाउने
राहुल रञ्जन शाह– GTHRS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सृजना गौतम– GTH SG टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सेप्टेम्बर १, २०२२ मा वाई वाई ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।

देशभरिका प्रतिभावान किशोर किशोरीलाई एकै साथ ल्याउन विभिन्न संघसंस्था जोडिएका छन् । ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मन दूतावास काठमाडौँस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पञ्चकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौँ वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमाद्सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किश एयरलाइन्स, विस्तारा र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर् चोइस रहेका छन् ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...