CG Electronics
IME Life
NIMB

सुजुकीको स्पोर्टी एभिनिस स्कुटर सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौँ । सुजुकीको स्पोर्टी एभिनिस स्कुटर सार्वजनिक भएको छ। सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ सार्वजनिक गरेको हो।

१२५ सीसीको सुजुकी एभिनिस युवालक्षित स्कुटर रहेको कम्पनीले जनाएको छ। भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले नयाँ स्पोटी प्रोडक्टले नेपालमा सुजुकीको मार्केट बढाउने दाबी गरेका छन्।

एभिनिसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। ‘पछिल्लो समय नेपाली बजारमा स्कुटरको बजार ४० प्रतिशत छ’, भट्टराईले भने, ‘सहरी पूर्वाधार निर्माण भएसँगै स्कुटरको माग बढ्दो क्रममा छ।’ सुजुकी एभिनिस ४ वटा कलरमा उपलब्ध छ। स्कुटरको इन्जिन ४ स्ट्रोक, १–सिलिन्डर छ। १२४।३ क्षमताको इन्जिनले ६ हजार ७५० आरपीएममा ८।७ पीएस पावर रहेको छ। त्यस्तै ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ। स्कुटर फ्उिल इन्जिेक्सन सिस्टम छ।

डिजिटल स्क्रिनमा मिटर, डिजिटल घडी, फ्उिल इन्डिकेटर, लुब्रिकेन्ट्स चेन्ज इन्डिकेटर, इन्जिनको तापक्राम स्किनमा हेर्न सकिन्छ। त्यस्तै स्कुटरमा ब्रेक लक सिस्टम छ। जसमा उकालो वा ओरालोमा लक लगाएसंगै ब्रेक थिचिराख्नु नपर्ने कम्पनीले जनाएको छ। स्कुटरको लम्बाइ १८ सय ९५ एमएम, चौडाइ ७१० एमएम, उचाइ ११ सय ७५ रहदाँ ह्विल बेस १२ सय ६५ छ। स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम, सिट उचाई ७८० एमएम छ। स्कुटरको इन्धन ट्यांकी ५।२ लिटरको छ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...