CG Electronics
IME Life
NIMB

इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपतिमा निर्मित संग्रहालय र महास्नान घरको उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको लगानी सहयोगमा उक्त संग्राहालय र महास्नानघर निर्माण गरिएको हो ।

संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला रहेका छन् । त्यस्तै, लिच्छबिकालिन मानदेवको शीलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचीन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्री रहेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नान घर भवनलाई पुनर्निर्माण गर्न सहयोग गरेको छ ।
पवित्र ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न बैंकले सहयोग गर्दै आएको थियो ।

पुनःनिर्माणपछि नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मीत पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा रु ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकूदको संरक्षण तथा प्रवर्द्धनका लागि सँधै सहकार्य गर्दैआएको बैंकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको उक्त रहेको थियो ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...