ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसीप
Wednesday Aug 24, 2022
वि.सं.२०७९ भदौ ८ बुधवार २१:४५
काठमाडौं । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसीप गरेको छ।
नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो आयोजना गरिँदै आएको छ। नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ।
वाइवाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
























