CG Electronics
IME Life
NIMB

काठमाडौँ महानगरपालिकाका प्रमुख शाहको प्रमुख आतिथ्यमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्‍मकन्या बहुमुखी क्याम्पसको सेमिनार हलमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज एक समारोह बिच समापन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापसीको संयुक्त आयोजनामा साउन २२ गते देखि सुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका प्राध्यापक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पत्रकार, ट्राफिक स्वयंसेवक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले नसक्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक स्वयंसेवक भएर काम गर्ने सबैलाई धन्यवाद दिनु भयो ।
ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तरगत पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरू ट्राफिक स्ववंसेवक भई साउन २२ गते देखि भदौ ८ गतेसम्म ट्राफिक प्रहरीसँग सडकमा खटिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नागरिक पनि बिना वर्दीका प्रहरी हुन भन्ने वाक्यलाई अभ्यासमा ल्याएको बताउदै आगामी दिनमा पनि पद्मकन्या बहुमुखी क्याम्पसको सामाजिक एवं कार्य विभागको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका सामाजिक एवं कार्य विभाग प्रमुख सुप्रिता राईले उपस्थित सबैमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्नुभयो । फिक स्वयंसेवक भई खटिएका विद्यार्थीहरूले सडकमा नो-हर्न अभियान अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधना स्टिकर टाँस्ने, पैदल यात्रीलाई जेब्राक्रसिङ तथा आकाशेपुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाईटको पालना गर्न आग्रह गर्ने लगायतका कार्यहरू गरेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...