NADA AUTO SHOW -2026
IME Life
NIMB

बिजनेस इन्क्युवेसन सेन्टरमा ज्योति विकास बैंकले लगानी गर्ने

NIMB
leapmotornepal (citroen)

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न ५ वटा सरकारी कलेजहरुमा ‘बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्ने परियोजनामा सहकार्य गरेको छ । उक्त परियोजनामा लगानी गर्न बैंकले युथ स्किल ल्याबसंग सम्झौता गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सो परियोजनामा सहकार्य गर्न लागेको हो । आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्न सहयोग गर्नेछ । उक्त बिजनेस इन्क्युवेसन सेन्टरमा विद्यार्थीहरुले निःशुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासंग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन् । सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।
बैंकले संस्थागत रुपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरुको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको हो । उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्याउने र दक्ष युवाहरुलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने पहल अघि सारेको हो । देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ । बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५२

  काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड...

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४९

काठमाडौं, ३ भाद्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४०

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती...

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...