CG Electronics
IME Life
NIMB

यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ । कम्पनीले दशैं(तिहार र छठ, २०७९ लाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको हो । भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुनेछ । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् ।
यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं, र, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,’ उत्साहित हुँदै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी गराएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...