डिशहोममा एक वर्षको रिचार्ज गर्दा अधिकारीले जिते एक लाख नगद
Thursday Sep 08, 2022
वि.सं.२०७९ भदौ २३ बिहीवार २३:१९
डिसहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् । अधिकारीलाई वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्दप्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिसहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर, प्रदिप सुवेदीले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनै पनि मोवाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्दा २ वर्षको लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।























