दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन
Sunday Sep 11, 2022
वि.सं.२०७९ भदौ २६ आइतवार ०९:५०
काठमाडा । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गर्नुभयो ।

ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे श्ययm ःभभतष्लन मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल (culturalvideocontest@gmail.com) मा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिनु भयो । साथै वहॉले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चीनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।
























