CG Electronics
IME Life
NIMB

आयोजनाका कारण जनताको उठिबास हुनु भएन : सहरी मन्त्री चौधरी

NIMB
Himalayan Bank

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छ । डुवान नियन्त्रण आयोजनासम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागि भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’

मन्त्री चौधरीले डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए । त्यसैगरि सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवस्यकता बढेको जनाए । त्यसैगरि उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिस्चतता अर्थमन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए ।

कार्यक्रममा प्रदेश सांसद कुशुम कुमार कार्की, न्हुछे नारायण श्रेष्ठ, विषय विज्ञ प्रा।डा। नरेन्द्र मान शाक्य, डा। संजय उप्रती, डा। भगवान रत्न कंसाकार, डा। जिव राज पोखरेल, पद्म सुन्दर जोशी, प्रकाश चन्द्र घिमिरे, डा। चिरन्जिवि भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन–बुढानिलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवी लगायत विभिन्न सरोकारवाला पक्षहरुसँग डुवान समस्या समाधानका लागि छलफल गरिएको थियो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको जानकारी दिइन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...