CG Electronics
IME Life
NIMB

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाखभन्दा बढी आवेदकको हात खाली

NIMB
Himalayan Bank

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलले सोमवार विहान उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । यस आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । यी आवेदकहरूबाट १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।

कुल आवेदकहरूमध्ये १ हजार ३ सय १५ जनाको आवेदन रितपूर्वक नभएको भन्द्यै रद्द गरिएको छ । योग्य रहेका १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३६ हजार ८५९ जना आवेदकहरूले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख १ हजार ८९२ जना आवेदकहरूको हात खाली भएको छ ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको समेत ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरको कुल कित्तामध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि र १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । कम्पनीको संस्थापकतर्फबाट तत्काल चुक्ताभएको रू. ७ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९२ लाख ७५ हजार कायम भएको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...