एभरेष्ट बैंकको नयाँ शाखा काठमाडौंको सुन्दरबस्ती भंगालमा
Tuesday Sep 13, 2022
वि.सं.२०७९ भदौ २८ मंगलवार २२:१२
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ । सो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्षसुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्न भुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।




























