CG Electronics
IME Life
Ncell NPL

साग्रिंला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । साग्रिंला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सफ्टवेयर कम्पनी भक्स्क्रोसँग बैंकले व्यवसायिक साझेदारीको सम्झौता गरेको हो । अरुको तुलनामा फरक सैलिमा सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल संचार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् ।
यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सिएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ । भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।
भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्यक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ । ६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो । पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् । भक्स्क्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...