CG Electronics
IME Life
Ncell NPL

हिमालयन रि इन्स्योरेन्सले कमायो २७ करोड ८२ लाख नाफा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ मा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । जतिबेला नाफा नोक्सान ब्यालेन्स सिटमा कम्पनीलाई ३ करोड ६५ लाख ५५ हजार घाटा लागेको थियो । यद्यपि कम्पनीले लगानी, कर्जा तथा अन्य सेवाहरूबाट ५३ करोड कमाएपछि पौने २८ करोड नाफा आर्जन गरेको थियो ।
बीमा समितिको तथ्याङ्क अनुसार कम्पनीले २०७९ असार मसान्तसम्ममा ७ अर्ब ४४ करोड ४० लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । यसमध्ये कम्पनीले ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । कुल लगानी रकमको ९२ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेकाले कम्पनीको आम्दानीको स्रोत सबै ब्याजमा नै निर्भर रहेको देखिन्छ ।

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२०

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...