CG Electronics
IME Life
NIMB

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

NIMB
Himalayan Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नीति निर्माणलाई गम्भीर रूपमा अघि बढाइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन स् विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन’ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पार्टी स्थापना भएदेखि नै विभिन्न नीति तथा विचारका विषयमा विज्ञहरूसँग निरन्तर छलफल र मन्थन गर्दै आएको उल्लेख गरे ।

उनले नीति मन्थनका क्रममा उठाइएका विषयहरू केवल मिडिया सामग्री वा कार्यक्रममा सीमित नहुने भन्दै ती विषय नीतिका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘रास्वपाले आफ्नो स्थापना सँगसँगै विभिन्न नीति विचारहरुमा विज्ञहरुसँग मन्थन गर्दै आफूलाई परिस्कृत र परिमार्जित गर्दै जाने क्रमलाई सुरुवात गरिसकेको छ ।

तर नीति मन्थन र छलफल गरिएका विषयहरु खाली मिडिया कन्टेन मात्र नबनुन् । सहभागिताहरुको कानमा मात्र त्यो कुरा नपुगोस् । त्यसले नीतिका रुपमा रुपान्तरित हुने अवसर पाओस् । नीतिका रुपमा त्यो छलफलका विषयहरु अगाडि बढेस र जसले गर्दा सम्बन्धित क्षेत्रले लाभ हासिल गर्न सकोस् । त्यस उदेश्यले हामीले नीति मन्थनलाई अत्यन्त गम्भिरताका साथ अगाडि बढाउँदै आएका छौं ।’

उनले छलफलबाट आएका सुझावहरू पार्टीको नीति हुँदै मुलुककै नीति बन्न सके सम्बन्धित क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने बताए ।

उनले भने, ‘समय र आवश्यकता अनुसार विषयहरु फरक हुन्छन् । तर नीति मन्थनमार्फत गरिएका छलफलहरु साच्चै नै पार्टीको नीति हुँदै मुलुकको नीति बन्न सकोस् र सम्बन्धित क्षेत्रले त्यसबाट लाभ लिन सक्नुपर्छ । यहाँ अभिव्यक्त भएका विचारहरुले सार्थकता पाओस् ।’

सभापति लामिछानेले समय र आवश्यकताअनुसार नीति तथा बहसका विषय परिवर्तन हुने उल्लेख गर्दै नीति मन्थनमार्फत व्यक्त भएका विचारहरूले सार्थकता पाउनुपर्ने धारणा राखे । उनले यस्ता छलफललाई रास्वपाले अत्यन्त गम्भीरताका साथ अगाडि बढाइरहेको पनि बताए ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...