CG Electronics
IME Life
NIMB

लगानी बोर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौँ । लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट सार्वजनिक गरिएको छ ।

सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले उक्त निर्देशिका तयार गरिएको हो ।

लगानी बोर्डद्वारा आयोजित सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम २०२२ समुद्घाटनका क्रममा सम्माननीय प्रधानमन्त्रीले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वान स्टप सर्भिस डिजिटल सिस्टमको पनि शुभारम्भ गर्नुभयो ।
उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

उद्घाटन सत्रका अवसरमा प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको’Establishing a Fertilizer Plant in Nepal’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

SIIF 2022 समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउनुहुँदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गर्नुभयो ।

लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना showcasing, लगानी सम्मेलन आयोजना गर्दै आएको छ । SIIF 2022 मा उद्घाटन समारोह पश्चात् समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन हुनेछ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...