CG Electronics
IME Life
NIMB

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

NIMB
Himalayan Bank

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।

चितवनको सौराहामा असोज १ गते देखि २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सिइओ खड्काले अवार्डसहित सम्मानित गरिएकोे थियो । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित गरेको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भएको थियो भने कमलप्रसाद घिमिरे (बुटवल) र भक्तबहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित गरेका थिए ।

त्यस्तै, देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो ।

उक्त अवसरमा दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफनो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताएका छन् । । उनले भने , ‘अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मानित गरेकोमा संस्थाप्रति कृतज्ञ छु र ज्यादै गौरवान्वित भएको छु, आउँदा दिनमा अझै काम गर्ने प्रेरणा थपिएको छ ।’

त्यस्तै उपेन्द्र राईले कर्मचारी र अभिकर्ताहरुको सहकार्यबाट नै कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सकिने बताएका छन् । उनल भने , ‘कर्मचारी र अभिकर्ताहरुको हातेमालोबाट नै अगाडि बढ्न सकिन्छ, जसले गर्दा कम्पनीले लक्ष्य हासिल गर्नका लागि धेरै समय कुर्नु नै पर्दैन ।’ उनले सबै अभिकर्ता, कर्मचारी र व्यवस्थापनको सहकार्यले सूर्यालाइफ निकट भविष्यमै देशको नम्बर एक कम्पनी बन्ने पनि दाबी गरे ।

त्यस्तै अभिकर्ता संघका अध्यक्ष समेत भएका अर्का विजेता रामबहादुर तामाङले यस किसिमको सम्मानले अभिकर्ताहरुमा हौसला बढ्ने बताउँदै कम्पनीले देशैभरका अभिकर्ताहरुलाई सम्मानित गर्नुपर्ने बताएका छन् । उनले भने, ‘अभिकर्ताहरुलाई गरिने यस किसिमको सम्मानले अझै बढी काममा लाग्ने इच्छाशक्ति प्रकट हुन्छ ।’

साथै कार्यक्रममा पुरस्कृतहरुलाई सिइओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको समेत बताएका छन् ।उक्त अवसरमा खड्काले सहकार्य, साथ र विश्वास नै कम्पनीको मूलमन्त्र भएको बताउँदै आगामी दिनमा अभिकर्ता र कर्मचारीहरुले अझै बढी सकारात्मक उर्जाका साथ विश्वसनीय ढंगले काम गर्न पनि आग्रह गरेका छन् ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...