CG Electronics
IME Life
NIMB

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२२’मा दुई अवार्डद्वारा सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ। यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो। अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेका थिए।

नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएका कारण आएएफसी र एसएमईद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो। विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमईले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ। तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिंगो राष्ट्रका लागि गौरवको क्षण भएको बताए। देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए। अन्तर्राष्ट्रिय सहभागीहरुबाट सिकेका कुराहरु र सफलताका कथाहरुले हामीलाई आगामी दिनमा अवसरहरु सिर्जना गर्न बाटो देखाएको उनको भनाइ छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए। उनले भने, ‘एसएमईका लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता सङ्कटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो।’ नवौँ ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो। यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो। विश्व अर्थतन्त्रको मेरुदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति शृंखला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरु प्रवद्र्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो।

कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरु प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरु, जलवायु वित्त अधिवक्ताहरु, प्रमुख विशेषज्ञहरु अभ्यासकर्ताहरुलाई निमन्त्रणा गरिएको थियो। यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरु र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ।

त्यस्तै, एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यूु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौँ अवार्ड विस्तार गरेको जानकारी दिए। उनले भने ‘हामीले हरित वित्तीय लगानी ग्रिन फाइनान्सिङको क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ। त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो सङ्ख्यामा आवेदन पर्यो। हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरु छन्। यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरुले निष्पक्ष निर्णय गरेको थियो।’

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च सर्मपित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटीएममार्पत सेवा प्रदान गरिरहेको छ। नेपालको सबैभन्दा ठूलो बैंकका रुपमा परिचत नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गरिरहेको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...