CG Electronics
IME Life
Ncell NPL

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

यतिबेला सबै नेपालीहरु दसैँको व्यवस्ततामा छन्। कसैले काठमाण्डौमै दसैँ मनाउने गरेका छन् भने कसैले आफ्नो स्थायी बसोबार गर्ने ठाउँ गएर यो वर्षको दसैँ मनाउने तयारी गरेका छन्।

विशेषगरी दसैँ आफूभन्दा ठूलाको हातबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ। यस्तै बैंकरहरुलाई दसैँ लागिसकेको छ। बैंकरहरुले यो वर्षको दसैँ कहाँ मनाउने, कसरी मनाउने, के गर्नेलगायतका योजना बनाइसकेका छन्। दसैँको बिदा खासगरी घुम्न जाने, पिङ खेल्ने, चंगा उडाउनेजस्ता कार्य गरी मनोरञ्जन गरिन्छ।

नबिल बैंकका डेपुुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली भने यसपालिकाको दसैँमा त्यस्तो खास प्लान नरहेको बताउँछन्। उनी यसपालिको दसैँ गाउँ अर्थात बर्दिया गएर मनाउने प्लानमा रहेका छन्। ‘यसपालि गाउँमा दसैँ मनाउने प्लान छ। त्यसका लागि बुवा–आमा गइसक्नुुभएको छ। परिवारका अरु सदस्य पनि उतै रहेकाले सबै एकैठाउँमा मनाउने योजना छ’, उनी भन्छन्।

पहिला–पहिला दसैँमा कमेरो रातो माटोले घर लिप्ने चाहिँ विशेष हुने ज्ञवाली बताउँछन्। दसैँका लागि भनेर खसीबोका वर्षभरि सम्हालेर राख्ने गरिने उनको सम्झनामा छ। ‘त्यतिबेला गाउँमा दसैँमा कमेरो रातो माटोले घर लिपिन्थ्यो। त्यो माटो लिन जाने घर पोत्ने गरिन्थ्यो। त्योसँगै दसैँका काट्ने भनेर वर्षभरि खसीबोका राखिन्थ्यो’, उनी भन्छन्, ‘सबै मानिस जम्मा भएर रमाइलो गर्ने, पिङ खेल्ने गरिन्थ्यो। दसैँ आउनुु एक महिना अगाडिदेखि घर–घरमा बाबियोको डोरी बाट्न लगाएर राखिराख्थ्यौँ। दसैँ नजिक त्यसलाई पिङ बनाएर खेलेर रमाइलो गथ्यौँ।’

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...