Dish Media Network
global ime bank
machapuchhare  bank

बौद्ध भिक्षु आचार्य पेरिकले ल्याए अहिंसा र प्रकृति प्रेमको गीत

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । काठमाण्डौं–झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरेका छन्। काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित एक कार्यक्रममा ‘प्रकृति’ नामको सो गीत सार्वजनिक गरिएको हो। यस गीतको शब्द, संगित र स्वर आचार्य पेरिक स्वयमको हो। जी पुनले उक्त गीतको अरेन्ज गरेका हुन् भने म्युजिक भिडियोमा बाल कलाकार आरोही कार्की, अनिमेश केसी र रिता बराइलीले अभिनय गरेका छन्।

गीतमा पशुप्राणी र प्रकृतिलाई हामीले आफन्तझैँ माया गर्नुपर्ने उल्लेख छ। म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै खेन् रिम्पोछे ग्याल्छेनले ‘बोधिपथमा सत्य सन्देश दिनका लागि बौद्ध भिक्षुले गीत गाउनुमा कुनै खराबी नभएको बरु सद्कर्म भएको’ बताए। कार्यक्रममा बोल्दै संगितकार न्ह्यु बज्राचार्यले, आचार्य पेरिकले पनि अन्य केही बौद्ध भिक्षुहरूले जस्तै गीत गाएर प्राणी कल्याणका लागि राम्रो काम गरेको बताए। ‘बौद्ध भिक्षुहरूले गीत गाउनुहुन्न पनि भन्ने सुनिन्छ तर उहाँले जगत् कल्याणका लागि गीत गाएर राम्रो काम गर्नुभएको छ।’

सो कार्यक्रममा बोल्दै गायिका चिरिमाया महर्जनले मान्छेमाथि अन्याय हुँदा बोल्नेहरु भएपनि पशुका लागि बोल्नेहरु एकदमै कम भएको र आचार्य पेरिकले पशुप्राणीका लागि समेत बोलिदिएर समग्र प्रकृतिलाई नै ठूलो गुन लगाएको बताइन्।

त्यस्तै संगीतकार प्रविन बराइली, अहिंसा अभियन्ता कृष्ण गुरुङ र प्रकाश मिश्रले गीतका बारेमा आ-आफ्नो मन्तव्य राख्दै आचार्य पेरिकको गीतले मान्छेलाई थप संवेदनशील र अहिंसाप्रिय बनाउन मद्धत गर्ने बताएका थिए। कार्यक्रममा आफ्नै गीतका बारेमा बोल्दै आचार्य पेरिकले दुई वर्षअघि नै गीत बनिसकेको भएपनि कोरोनाका कारण सबै काम नसिएका कारण म्युजिक भिडियो सिर्जनामा ढिलाई भएको बताएका थिए।

आचार्य पेरिकले यस अघि पनि ‘हामी खाना होइन’ भन्ने अहिंसा गीत तथा हामी थुप्रै बौद्ध भजनहरू गाइसकेका छन्। आचार्य पेरिकले आफूले गीत पैसा कमाउनका लागि नभई अहिंसा प्रर्वधनका लागि गाएको बताए। उनले आफ्नो गीत जोसुकैले निशुल्क उपयोग गर्न पाउने पनि बताए।

ADBL
prabhu bank

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:०७

  काठमाडौं । नेपाल चलचित्र कलाकार संघको मतगणना सुरु भएको...

आजदेखी सुरु (निफ)को छैटौं संस्करण

आजदेखी सुरु (निफ)को छैटौं संस्करण

वि.सं.२०७९ चैत २ बिहीवार २१:२१

  काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण...

विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास पक्राउको भित्री रहस्य

विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास पक्राउको भित्री रहस्य

वि.सं.२०७९ फागुन २१ आइतवार २०:४८

  काठमाडौं । विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी अहिले...

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड...

वि.सं.२०७९ फागुन २१ आइतवार २०:४२

    काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक...

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना गर्ने

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होली तथा ला...

वि.सं.२०७९ फागुन २१ आइतवार ०८:५०

  काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीको अवसरमा होली...

नेपाल ट्रेड समिटको दोस्रो संस्करण सुरु

नेपाल ट्रेड समिटको दोस्रो संस्करण सुरु

वि.सं.२०७९ फागुन १७ बुधवार २१:१५

  काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती...