CG Electronics
IME Life
Ncell NPL

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने निर्णय भएको छ ।

त्यस्तै, शेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुदै गएको बताए । साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा उपलब्ध गरिरहेको बताए ।

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२०

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत...