CG Electronics
IME Life
NIMB

‘माछापुच्छ्रे बैंकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधि नै दोषी’

NIMB
Himalayan Bank

काठमाडौं । केहि दिनदेखि माछापुच्छ्रे बैंकसँग सम्बन्धी समाचारका बारेमा बैंकले विज्ञप्ति जारी गरेर ध्यानआकर्षण गर्दै सम्बन्द्ध प्रतिनिधि नै दोषी रहेको जनाएको छ । बैंकले रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी रहेको जनाएको हो । यसबारे बैंकले शनिबार प्रष्टीकरण दिँदै दोषीविरुद्ध कारवाही अघि बढाइएको उल्लेख गरेको हो। रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ ।
बैंकले रुपन्देहीको समरीमाई–५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक(२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैंकिङ सेवा दिन राष्ट्र बैंकको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो । उक्त केन्द्रबाट बैंकिङ सेवा दिनेमा निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको थियो । निरीक्षणका क्रममा प्रतिनिधिहरुबाट भएका काममा कैफियत देखिएपछि उक्त सेवा केन्द्र बन्द गरिएको व्यहोरा बैंकले जनाएको छ ।
उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम ुरियल टाइमुमा जम्मा हुने र सिस्टममार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैंकले शनिबार जारी गरेको सूचनामा उल्लेख छ । निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाइमासेको व्यवहोरा लिखितरूपमा नै स्वीकार गरिसकेकाले उनीहरुले स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ । ग्राहकलाई हस्तलिखित भौचर दिने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं राख्ने गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैंकले जनाएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...