CG Electronics
IME Life
NIMB

एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार र पर्यटन प्रवर्द्धन गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नेपाल र इटालीबीच व्यापार, संस्कृति र पर्यटन प्रर्वद्धन गर्ने भएको छ । यसबारे आयोजना गरिएको द्विपक्षीय बैठकमा नेपालमा व्यापार विकास र लगानीबारे छलफल भएको हो । एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गरेको उक्त बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो । एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित थिए भने अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए ।
बैठकमा इटालियन राजदूत लुकाले भने– ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।’
उपाध्यक्ष अग्रवालले एनआईसीसीआईले सन् २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताए । उनले भने, ‘एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...