CG Electronics
IME Life
NIMB

उपराष्ट्रपति पुनद्वारा एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित भएका छन ।
शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो ।
झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभुमी बनाएका न्यौपाने विगत २ दशक देखी बिदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागी बिभिन्न क्षेत्रमा सकृय रहेका छन । हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी संचालन गर्दै १००० भन्दा बढी नेपालीलाई रोजगारी दिईरहेका न्यौपाने विकास हाईड्रोपावर कम्पनि नेपालका अध्यक्ष पनि हुन । न्यौपानेले हाईड्रोपावरसङ्गै ट्राभल्स,बैंकिंग,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन ।
उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको न्यौपानेले प्रतिक्रिया दिदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए । उनले आफुले निस्वार्थ रुपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपरास्ट्रपतिप्रती आभार ब्यक्त गरे ।
फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूको पनि सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...