कामना सेवा बैंकले १६ औं वार्षिकोत्सवमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Tuesday Nov 08, 2022
वि.सं.२०७९ कात्तिक २२ मंगलवार ०९:०६
काठमाडौं । कामना सेवा बैंकले १६ औं वार्षिकोत्सव सप्ताहको पहिलो दिन वित्तिय साक्षरता कार्यक्रम गरी सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशमा रहेको ३५ शाखामार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएको बैंकले देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसल गर्ने जनाएको छ ।



























