CG Electronics
IME Life
Ncell NPL

नेपाल पुनर्बीमा कम्पनीले ७ वर्षको अवधिमा ५ अर्बमाथि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनीले ७ वर्षको अवधिमा ५ अर्ब ८ करोड ७६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७७/७८ को अवधिमा सो बराबरको नाफा कमाएको हो ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा ३६ करोड २६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७७/७८ मा आईपुग्दा कम्पनीले ६१ करोड १ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

आव २०७१/७२ मा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । आव २०७१/७२ मा कम्पनीको जगेडा कोषको आकार १ अर्ब २ करोड ८८ लाख १५ हजार रुपैयाँ थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीको बीमा कोषको आकार १ अर्ब १७ करोड ९३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आव २०७१/७२ मा कम्पनीको बीमा कोषमा १८ करोड ६ लाख ७१ हजार रुपैयाँ थियो । आव २०७७/०७८ मा कम्पनीको बीमा कोषमा २ अर्ब २३ करोड ३९ लाख ३९ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले आव २०७१/७२ मा पुनर्बीमा कमिशन आयबाट ३३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेकोमा आव २०७७/७८ मा २ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिसम्ममा ११ अर्ब ५ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीले आव २०७१/७२ मा २ करोड ४६ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले आव २०७७/७८ मा ५ अर्ब २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ ।

आव २०७१/७२ मा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १४ जना मात्रै थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीमा ४५ जना कर्मचारी कार्यरत रहेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । नेपालमा पहिलो बीमा कम्पनी स्थापना भएको ६७ वर्षपछि नेपाल सरकार र बीमा कम्पनीहरुको संयुक्त पहलमा नेपालमा पहिलो पुनर्बीमा कम्पनी स्थापना भएको थियो ।

२०७१ साल कात्तिक २१ गते स्थापना भएको यस कम्पनी आजदेखि ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय पुनर्बीमा सेवा प्रदान गर्नु र पुनर्बीमा शुल्कको नाममा बाह्य मुलुकमा पलयान भईरहेको प्रिमियमको रकमलाई कम गुर्न कम्पनी स्थापना गर्नुको मूख्य उद्देश्य थियो ।

कम्पनीले यस अवधिसम्ममा विभिन्न २१ मुलुकका २९ पुनर्बीमा कम्पनीसँग व्यवसायिक सम्बन्ध स्थापना गरेको छ । कम्पनीमा नेपाल सरकार, जीवन बीमा, निर्जीवन बीमा तथा अन्य कम्पनीहरु र सर्वसाधारणको लगानी छ । कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत, जीवन, निर्जीवन तथा अन्य कम्पनीहरुको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर स्वामित्व छ ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...