CG Electronics
IME Life
Ncell NPL

नेपाल पुनर्बीमा कम्पनीलाई स्वदेशमा मात्रै केन्द्रित नहुन अध्यक्ष सिलवालको निर्देशन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीलाई स्वदेशमा मात्रै केन्द्रित नहुन निर्देशन दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीलाई कम्पनीको ९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले स्वदेशको व्यवसायमा मात्र केन्द्रित नभई विदेशी मुलुकबाट पनि व्यापार ल्याउन आग्रह गरेका हुन् ।

 

‘पुनर्बीमा कम्पनीले विदेशी मुलुकबाट पनि व्यवसाय ल्याउनुपर्छ,’ अध्यक्ष सिलवालले भने, ‘विदेशी बीमा कम्पनीहरुबाट पनि बिजनेश ल्याइ नेपालमा विदेशी मुद्रा भित्र्याउनुपर्छ।’ उनले ८ वर्षको अवधिमा नेपाल पुनर्बीमा कम्पनीले गरेको योगदान महत्वपूर्ण रहेको बताए । ‘नेपालको बीमा बजारमा नेपाल पुनर्बीमा कम्पनीले गरेको योगदान महत्वपूर्ण छ । अझै पनि यसले आउने दिनहरुमा प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा पुनर्बीमा कम्पनीको सेवा प्रवाह गर्नुपर्छ,’ सिलवालले भने ।

 

नेपालमा सरकारी लगानी भएका बीमा कम्पनीहरुले व्यवसाय गर्न नसकेकै कारण प्रतिस्पर्धीको रुपमा निजी लगानीका कम्पनीहरु स्थापना हुन पुगेका उनले बताए । ‘सरकारले धेरै व्यवसाय गर्दैन । व्यवसाय भनेको निजी क्षेत्रको विज्ञताले गर्ने हो,’ सिलवालले थपे, ‘हामीले कता कता आरक्षण खोजिरहेको देखिन्छ । तर, सरकारले व्यवसाय दिने होईन व्यवसाय गर्ने बटोमात्रै बनाईदिने हो ।’ उनले आगामी दिनमा पुनर्बीमा कम्पनीहरुलाई दिईदै आएको व्यवसाय शून्यमा झर्ने समेत बताए ।

 

अझै पनि बीमाले उत्कृष्ट स्थान पाउन नकसकेको सिलवालको भनाइ छ । ‘व्यवसायले धेरै कुराको डिमाण्ड गर्छ । बाटो हामीले बनाईदिने हो । व्यवसाय आफ्नो क्षमता र सिपले गर्ने हो ’ उनले भने । यस्तै, उनले नेपाली बीमा बजारका लागि बीमा कम्पनीहरुको संख्या कति हुनुपर्ने हो सोको अध्ययन गरिने बताए । नेपालको बजारमा कतिवटा बीमा कम्पनीको आवश्यकता हो त्यसको अध्ययन गरिने उनले बताए । कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बजारमा निजी क्षेत्रको पुनर्बीमा कम्पनी स्थापना गरेर सरकारले व्यवसाय खासेको आरोप लागए ।

उनले बजारमा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदा ५ अर्ब रुपैयाँको बिजनेश घट्न सक्ने बताए । ‘चालु आवमा ५ अर्ब रुपैयाको व्यवसाय गछौं, तर हाम्रो टार्गेट भनेको १२ अर्ब ७५ करोड रुपैयाँको थियो,’ रायमाझाीले भने, ‘त्यसमा बीमा समिति र सरकारकै तर्फबाट सहयोग भएन ।’ कार्यक्रममा जीवन बीमा संघका कोषाध्यक्ष प्रविणरमण पराजुलीले पुनर्बीमा कम्पनीको संस्थागत क्षमता वृद्धि गनुपर्ने आवश्यकता देखिएको आशय प्रकट गरे । ‘सुधारका कुरा धेरै छन्,’ उनले भने, ‘व्यापार भन्दा पनि क्षमता विस्तारमा सुधार गर्नुपर्छ ।’

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...