नेप्से घटे पनि आज १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा कुन-कुन कम्पनी फस्टाए ?
Tuesday Nov 08, 2022
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १८:३६
मंगलबार सेयर बजार परिसूचक (नेप्से) २.५७ अंकले घटेको छ। सामान्य अंकले घटेको नेप्से परिसूचक १९५६.३६ बिन्दुमा पुगेको छ।
आज २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार कारोबार भएकामध्ये ११४ कम्पनीको सेयर मूल्य घटेको छ। ५८ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
आज कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो नम्बरमा छ। यसको ८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो नम्बरमा रहेको सिटिजन बैंकको ६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
मंगलबार एलआईसी नेपाल, गुराँस लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, बलेफी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले बढी कमाएका छन्।
कालिका लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, सिटिजन म्युचुअल फन्ड–१ का लगानीकर्ता बढी गुमाउनेमा परेका छन्।



























