बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग
Saturday Nov 12, 2022
वि.सं.२०७९ कात्तिक २६ शनिवार २१:३६
काठमाडौं । अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा काठमाडौं कपनमा रहेको केयर बाल गृहलाइ रु. १५,१००/- (पन्ध्र हजार एकसय) आर्थिक सहयोग गरेका छन्। लामो समय देखि अमेरिकामा ब्यबसाय गर्दै आएका समाजसेवी खड्का सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन्।
नेपाल र नेपालीहरुको हरेक सुख दु:खमा साथ दिदै आएका अर्जुन खड्काले बाडिपिडित, भुकम्प देखि कोभिडको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै पिडित नेपालीहरुको दु:खमा मल्हम भर्ने कार्य गर्दै आएका छन्। शिक्षा बाट बन्चित धेरै अनाथ बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आएका अर्जुन खड्का विभिन्न अनाथ आश्रम, बृद आश्रममा पुगेर आर्थिक, खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्दै आएका छन्। उनि विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन्।
केयर बाल गृहलाइ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह, समाजसेवी प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो। उक्त अबसरमा केयर बाल गृहकी संचालीका पुष्पा अधिकारि र राजनीतिक विश्लेषक, समाजसेवी डा. सुरेन्द्र केसीले बरिष्ठ समाजसेवी अर्जुन खड्काले समाजसेवामा पुर्याएको योगदानको खुलेर प्रसंसा गरेका थिए।























