CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकर्स संघ (एनबिए)को कार्यकारी सदस्यमा तीन जना नियुक्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको जानकारी दिएको हो ।

एनबिएको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ नियुक्त भएका छन् । यसअघि मेगा बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेलीले बैंकबाट अवकाश पाएपछि संघको पद रिक्त रहेको थियो । सोही पदमा एभरेष्ट बैंकका सीईओ खालिङलाई नियुक्त गरिएको बैंकर्स संघले जनाएको हो । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए ।

यस्तै, संघको कार्यकारी सदस्यमा दुई जना दोहोरिएका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकुमार दे संघको कार्यकारी सदस्यमा दोहोरिएका हुन् । संघको विधान अनुसार एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था अनुसार दुवै जनालाई दोहोर्याएको हो ।

संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय, उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी रहेका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र सनराइज बैंकका सीईओ सुमन शर्मा छन् । यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...