nic bank
himalayan everesat
Nmb bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले  मधेश प्रदेशको बीगञ्जमा  कार्यालयको उद्घाटन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् । यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ ।

प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुनेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएका लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताए ।

अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउनुहुँदै पालिकाका कामहरूसँग आवद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे । अध्यक्ष सिलवालले ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका बर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकाङ्श सेवाहरु सेवाग्राहीले प्राप्त गर्नसक्ने जानकारी दिए ।बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताएका छन् ।

 

प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गदै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमैं दाबी भुक्तानी हुनुपर्ने बताएका छन् ।
बीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे ।

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोही अनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही २०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत र निर्जीवन बीमातर्फ कूल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको पाइएको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमा अन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गर्नुभएको थियो ।

कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

 

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...