इटहरी इन्टरनेसनल कलेजका २२७ विद्यार्थी दिक्षित
Friday Dec 16, 2022
वि.सं.२०७९ पुस १ शुक्रवार १५:२४
काठमाडौं । इटहरी स्थित इटहरी इन्टरनेसनल कलेजको सन्२०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि ९अर्नस० कम्पुटिब र बिए ९अनर्स० बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।
कलेजले आज बिहिबारका दिन दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए ९अनर्स० बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि ९अर्नस० कम्पुटिब तह पुरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दिक्षित भएका थिए । दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपलेछात्रवृति उपलब्ध गराएको छ । ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै उनले भने, “तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ” । यसलाइ निरन्तर दिदैँ भने, ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ । दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले भने, “आजको युगमा बैदेशिक शिक्षा लोकप्रिय बन्दै गएकोछ, त्यसैले हजुरहरु बिदेशिए पनि आफ्नो शिक्षा पुरा गरेर आफ्नैदेश र्फिर्कनु होस्र देशको बिकाशमा योगदान पुर्याउनु होस्” । यसका साथै, उहाँले दिक्षित विद्यार्थीहरुको उज्वल भविश्यको शुभकामना दिए ।
























