CG Electronics
IME Life
NIMB

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार पुस ७ गतेदेखि हुने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने भएको हो ।

 

 

दुवै कम्पनीको गत कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेका छन् । साथै नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा दुबै कम्पनी–गाभिन अन्तिम स्विकृति प्रदान गरिसकेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हालको कम्पनीले व्यहोर्ने वा सकार्ने गरी ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्या लाइफ इन्स्योरेन्समा गाभ्न मंसिर २७ गते स्विकृति प्राप्त गरिसकेको छ । बीमा प्राधिकरणको मंसिर २९ गतेको प्राप्त स्वीकृति बमोजिम पुस ७ गते बिहिबारदेखि जीवन बीमा सेवाको एकीकृत कारोवार संचालन गरिने जनाएको हो ।

 

साथै डाटा माइग्रेशन तथा सिस्टम इन्टिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने हुँदा सोबाट ग्राहकवर्ग, अभिकर्ता तथा सरोकारवालाहरुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । सूर्या लाइफ र ज्योति लाइफबीच गत ४ कार्तिकमा एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत असार १२ गते दुवै कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो ।

 

सम्झौता अनुसार रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा र केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफका पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा रहनेछन् ।

 

सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाण्डौं महानगरपालिका ३० सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ । दुवै कम्पनी १ः०.८२४५ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर ज्योति लाईफका सेयरधनीले ०.८२४५ सेयर पाउनेछन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...