CG Electronics
IME Life
NIMB

अटोमोबाइल व्यवसायी बिष्णु पौडेल अर्थमन्त्री बनेपछि किन भए उत्साहित ?

NIMB
Himalayan Bank

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल व्यवसायी उत्साहित भएका छन् । पौडेल व्यवसाय र व्यवसायीको समस्या बुझ्ने व्यक्ति भएकाले धरासायी बनिसकेको यो व्यवसायलाई निकास दिने आस पलाएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

‘उहाँले पदभार सम्हाल्नेबित्तिकै व्यवसायीहरूसँग छलफल गर्नु निकै सकारात्मक पक्ष हो,’ अध्यक्ष थापाले भने ।

हाल अटोमोबाइल क्षेत्रमा नेपाल राष्ट्र बैंकले एलसीमा मार्जिन ५० प्रतिशत राख्नुपर्ने, जोखिम भार ७५ प्रतिशतबाट बढाएर १ सय ५० पुर्‍याएको, बैंकहरूले प्यासेन्जर भेहिकलमा ५० प्रतिशत मात्र लगानी गर्न पाउनेलगायतका सीमा तोकेर कडाइ गर्दा अटोमोबाइल क्षेत्र तहसनहस भएको थापाले बताए ।

यी कडाइका कारण जसोतसो आयात भए पनि बिक्री हुने अवस्था नरहेको उनको भनाइ छ । मन्त्रालयले यी समस्या हटाउन पहल गरे राजस्व पनि बढ्ने, व्यवसायी र ग्राहकलाई पनि राम्रो हुने थापा बताउँछन् । व्यवसायीहरूका अनुसार पौडेल अघिल्लोपटक अर्थमन्त्री हुदाँदेखि नै केही सकारात्मक छन् ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बिजुली गाडीको कर बढाइदिएपछि ग्राहकले किन्ने त परै जाओस्, व्यापारीहरूले भन्सार कटाउनसमेत सकेनन् । नेपाल ल्याउँदा एउटै गाडीमा ३० लाखसम्म अतिरिक्त भार थपिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को बजेटअघि सबै प्रकारका बिजुली गाडीको आयातमा १० प्रतिशत भन्सार, थप ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत मूल्यअभिवृद्धि कर मात्र लाग्थ्यो । डा. खतिवडाले बजेटमार्फत भन्सार महसुल १० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याइदिए । त्यस्तै, अन्तशुल्क पनि सवारीसाधनको क्षमताअनुसार ३० देखि ८० प्रतिशत पुर्‍याइएको थियो ।

डा. खतिवडा मन्त्रीबाट हटेपछि सरकारले बिजुली गाडीको करमा केही परिमार्जन गर्‍यो । कर परिमार्जन भए पनि नेपाल भित्र्याएपछिको मूल्यमा बेच्न नसकिने भन्दै धेरै व्यापारीले गाडी ल्याएनन् । यसको प्रभाव सोझै विद्युतीय सवारीसाधनको आयातमा देखियो । धेरै व्यापारीहरू त विद्युतीय सवारीसाधन नल्याउने निष्कर्षमै पुगे ।

पौडेलले भने खतिवडाको ठ्याक्कै विपरीत नीति लिए । अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले २०८८ सालसम्म विद्युतीय गाडीको पूर्ण प्रयोग गरिने घोषणा गरे । त्यसका लागि पौडेलले केही ठोस निर्णय पनि गरेका थिए । उनले विद्युतीय सवारीसाधनमा अन्तशुल्क पूरै मिनाहा गरे भने भन्सार शुल्क पनि घटाएका थिए ।

उनले नेपालमै बिजुली गाडी बनाउन विद्युतीय सवारीसाधन उत्पादन, एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गराइने पनि बजेटमा समावेश गरेका थिए । यति मात्र नभई उनले आगामी आर्थिक वर्षभित्र साझा यातायातमार्फत उपत्यकामा १०० विद्युतीय बस सञ्चालन गर्ने र देशभर ५ सय चार्जिङ स्टेसन बनाइने घोषणा पनि गरेका थिए ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...