CG Electronics
IME Life
NIMB

 यूनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा आज

NIMB
Himalayan Bank

 

काठमाडौं । यस यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा आज मिति २०७९ पौष २७ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भयो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७९÷८० का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु ५,१४,०८,०००÷– बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम रु २७,०५,६८,४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो ।

कम्पनीेको गत आ.व. २०७७÷७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७÷७८ को तुलनामा आ.व. २०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार भएको छ ।

साथै चालु आ.व.२०७९÷८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८÷७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९÷८० को पौष ४ गते सम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...