Dish Media Network
global ime bank
machapuchhare  bank

हिमालयन बैंककाे ३० औं वार्षिक साधारण सभा सम्पन्न

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । बैंककाे ३० औं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेकाे हाे ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयरले र ११.११ प्रतिशत नगद लाभांश (कर सहित) हुने जम्मा गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।

उक्त साधारणसभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।

साधारण सभाबाट हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । यसकाे अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१.६५ अर्ब भन्दा बढी हुनेछ ।

प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...