CG Electronics
IME Life
Ncell NPL

हिमालयन बैंककाे ३० औं वार्षिक साधारण सभा सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । बैंककाे ३० औं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेकाे हाे ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयरले र ११.११ प्रतिशत नगद लाभांश (कर सहित) हुने जम्मा गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।

उक्त साधारणसभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।

साधारण सभाबाट हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । यसकाे अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१.६५ अर्ब भन्दा बढी हुनेछ ।

प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...