CG Electronics
IME Life
NIMB

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ ।

सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिँजराको सुगा, गोपालप्रसाद रिमाल–आमाको सपना, सिद्धिचरण श्रेष्ठ–आफ्नो परिचय, भवानी भिक्षु–दुःखको कथा, केदारमान व्यथित–चङ्गा, माधवप्रसाद घिमिरे–काली गण्डकी, विजय मल्ल–छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी–जाग एसिया जाग, मोहन कोइराला, सारङ्गी, जगदीश शम्सेर राणा–केटी शहर जान्छे, पारिजात–वरको रुख, भूपी शेरचन– मैनबत्तीको शिखा, ईश्वर वल्लभ–क्रुर विचारको कथा, वाशु शशी–एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ–यी आँखाले खोजेका, वैरागी काइँला–विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापा–एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ–मेरो पिँढी, तुलसी दिवस–बलेको दियोको तेल, कालीप्रसाद रिजाल–मेरो इच्छा, हरिभक्त कटुवाल–यो जिन्दगी खै के जिन्दगी समेटिएका छन् ।

त्यस्तै उपेन्द्र श्रेष्ठ–अँध्यारो र उज्यालोको कथा, भवानी घिमिरे–असल विचार, कुन्दन शर्मा–एउटा लामो बाटो, मदन रेग्मी–तिमी समुन्द्रको नजिक र टाढा, विमल कोइराला–फल मुन्तिया, एसपी कोइराला –शुरुआत, हरि अधिकारी–अधिकारको पूजा, पुरुषोत्तम सुवेदी–लडाइँको पक्षमा, व्याकुल माइला–काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी–जाती, नवराज लम्साल–हरसालको एक उच्च हल्ला खल्ला, मोमिला–आफ्नो राष्ट्रिय मौन आवाजमा जस्ता १०८ वटा कविताको उर्दु भाषामा अनुवाद गरिएको छ ।

कविताहरूको अनुवाद जिया–उल–मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गर्नु भएको हो । बाहिरी आवरणसहित तीन सय ८५ पृष्ठको उक्त कविता सङ्ग्रहको अनुवादमा पछिल्ला एक सय वर्षमा लेखिएका नेपालका मूर्धन्य साहित्यकारका कविताहरु समेटिएका छन् ।

पाकिस्तानको राष्ट्रभाषामा नेपालका साहित्यकारहरूको रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै यसबाट पाकिस्तानी साहित्यकारहरूलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्नुका साथ दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान–प्रदान हुने एवं द्विपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली कविताहरूको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामाबादले सहजीकरण गरेको थियो ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...