CG Electronics
IME Life
NIMB

प्रदेश सरकार नैतिक रुपमा इमान्दार भएर काम गर्छ : मूख्यमन्त्री कार्की

NIMB
Himalayan Bank

 

 

 

विराटनगर ।  प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

खुला शासनका विषयमा अन्तरक्रिया गर्न आयोगको टोलि प्रदेश १ को विराटनगर पुगेको थियो । प्रदेश १ सरकारका मूख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विषय विज्ञका रुपमासूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि धारणा राख्ने सबैले खुला सरकार हुनुपर्ने बताएको आयोगकी सूचना आयुक्त कमला वलीले बताइन् ।

कार्यक्रममा सूचना आयुक्त वलीले लोकतन्त्र भनेको शासन गर्ने व्यवस्था नभएको बताइन् । सूचनाको हक हरेक नागरिकलाई भएको भन्दै उनले सूचनाको हक प्रयोग गर्न समेत आह्वन गरिन् ।

कार्यक्रममा सहभागी कतिपयले मन्त्रालयको संख्याको विषयमा पनि विषय उठान गरेका थिए । मूख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्युन भएको र श्रोतहरु पनि न्युन हुँदा का मगर्न गाह्रो पर्ने बताए । उनले रोयल्टी बाडफाँट सम्बन्धी कानून संशोधनको आवश्यकता रहेको समेत बताए ।

उनले प्रदेश सरकार नैतिक रुपमा इमान्दार रहेको भन्दै खुला शासन लागु गर्न आफू प्रतिवद्ध रहेको बताए । मूख्यमन्त्री कार्कीले सूचनाको हक सम्बन्धी प्रदेश कानून बनाउने घोषणा समेत गरेका छन् ।

आयोगले खुला शासनका विषयमा देशव्यापी रुपमा विभिन्न प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । मंगलबार पनि प्रदेश १ विराटनगरमै सूचना हक सम्बन्धि कार्यक्रम आयोजना हुने सूचना आयुक्त वलीले जानकारी दिइन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...