CG Electronics
IME Life
NIMB

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छ महिनामै कसरी कमायो २ अर्ब बढी खुद नाफा ?

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भई बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब बढी खुद नाफा कमाएको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा सुधार आएको हो । बैंकको ब्याज आम्दानी ७३.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड र सञ्चालन नाफा २३.८८ प्रतिशत बढेर २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

हाल ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सेयर प्रिमियममा २० करोड, रिजर्भ कोषमा २३ अर्ब ५९ करोड संचित छ भने रिटेन्ड अर्निङमा १ अर्ब १० करोड ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ९४ करोड ८४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ५५अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब कर्जा लगानी गरेको छ । चुक्ता पूँजीको अनुपातमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । बैंकको प्रतिसेयर आम्दानी १७.७४ रुपैयाँबाट घटेर १५.६१ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६६.५२ रुपैयाँ, बेसरेट १०.५० प्रतिशत, मूल्य आम्दानी अनुपात १५.७७ गुणा, खराब कर्जा ३.७१ प्रतिशत रहेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...