Dish Media Network
global ime bank
machapuchhare  bank

दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्न : पूर्व महानिर्देशक क्षेत्री

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्ने बताएका हुन् । मुलुकभर एयरलाइन्सको संख्या बढ्दै गएपनि यससँग सम्बन्धित विज्ञ इन्जिनियरको अभाव रहेको उनको भनाइ छ । यसका लागि दक्ष जनशक्ति बढाउनुपर्ने उनी बताउँछन् ।

‘एटीआर जहाजको एरोनोटिकल इन्जिनियरले हेलिकप्टरको समेत नियमन गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘एउटा जहाजको विज्ञले अर्को जहाजको सबै थाहा पाउन सक्दैन । एरोनोटिकल इन्जिनियर थप गर्नुपर्छ ।’

त्यस्तै हवाई क्षेत्रको नियमन कडाई गर्न सेवा प्रदायक र नियामक छुट्ट्याउनु पर्ने उनले बताए । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी टुक्राउने विधेयक अघि बढाएको र यसले पुर्णता पाउनु पर्ने उनले बताए । तर यूरोपेली संघले भनेको जसरी हेपिएर भने काम गर्नु नहुने क्षेत्रीको भनाई छ ।

‘युरोपेली संघ (इयु) ले नेपालको नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको छ । अहिलेसम्म नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध कायमै छ,’ क्षेत्रीले भने ‘अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) ले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको प्रतिवेदन दिदाँ पनि इयुले नदिनुमा नेपाललाई हेपेको हो ।’

आईकाओको विश्व औसत परिपालना दर ६७.२ प्रतिशत हो । नेपालले अहिले ७०.८ प्रतिशत अंक पाइसकेको छ । तर पनि ईयुले नेपाललाई कालो सूचीबाट हटाउन नचाहिरहेको क्षेत्रिले बताए ।

‘म आफैं महानिर्देशक हुँदा प्राधिकरण जबसम्म टुक्रिदैन तबसम्म ब्ल्याक लिष्टबाट हटाउँदैनौ भनेका थिए’, उनी भन्छन्, ‘इयुले भनेकै कारणले प्राधिकरणलाई दुइटा निकाय बनाउनुपर्छ भन्ने छैन । तर अहिलेकै अवस्थामा विमान कम्पनी र विमानस्थलको नियमन कडाई गर्न अप्ठयारो छ । ’

हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाइ सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए । नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको भनाइ छ ।

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...