CG Electronics
IME Life
NIMB

दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्न : पूर्व महानिर्देशक क्षेत्री

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्ने बताएका हुन् । मुलुकभर एयरलाइन्सको संख्या बढ्दै गएपनि यससँग सम्बन्धित विज्ञ इन्जिनियरको अभाव रहेको उनको भनाइ छ । यसका लागि दक्ष जनशक्ति बढाउनुपर्ने उनी बताउँछन् ।

‘एटीआर जहाजको एरोनोटिकल इन्जिनियरले हेलिकप्टरको समेत नियमन गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘एउटा जहाजको विज्ञले अर्को जहाजको सबै थाहा पाउन सक्दैन । एरोनोटिकल इन्जिनियर थप गर्नुपर्छ ।’

त्यस्तै हवाई क्षेत्रको नियमन कडाई गर्न सेवा प्रदायक र नियामक छुट्ट्याउनु पर्ने उनले बताए । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी टुक्राउने विधेयक अघि बढाएको र यसले पुर्णता पाउनु पर्ने उनले बताए । तर यूरोपेली संघले भनेको जसरी हेपिएर भने काम गर्नु नहुने क्षेत्रीको भनाई छ ।

‘युरोपेली संघ (इयु) ले नेपालको नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको छ । अहिलेसम्म नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध कायमै छ,’ क्षेत्रीले भने ‘अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) ले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको प्रतिवेदन दिदाँ पनि इयुले नदिनुमा नेपाललाई हेपेको हो ।’

आईकाओको विश्व औसत परिपालना दर ६७.२ प्रतिशत हो । नेपालले अहिले ७०.८ प्रतिशत अंक पाइसकेको छ । तर पनि ईयुले नेपाललाई कालो सूचीबाट हटाउन नचाहिरहेको क्षेत्रिले बताए ।

‘म आफैं महानिर्देशक हुँदा प्राधिकरण जबसम्म टुक्रिदैन तबसम्म ब्ल्याक लिष्टबाट हटाउँदैनौ भनेका थिए’, उनी भन्छन्, ‘इयुले भनेकै कारणले प्राधिकरणलाई दुइटा निकाय बनाउनुपर्छ भन्ने छैन । तर अहिलेकै अवस्थामा विमान कम्पनी र विमानस्थलको नियमन कडाई गर्न अप्ठयारो छ । ’

हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाइ सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए । नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको भनाइ छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...