Dish Media Network
global ime bank
machapuchhare  bank

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौं । सातौँ वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टु अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ वरियताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार हात पारे।

 

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो ९ होलको खेलमा ४ होलको अग्रता बनाए। १८ होलको समाप्तीमा दिनेश ८ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाइ ४ होलमा घटाए।

 

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ ३न होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५–होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए।

 

प्रतियोगितामा आठौं वरियताका धन बहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धाबराबरीमा टुंगिएपछि धनले प्ले–अफको पहिलो होलमा १०औं वरियताका भुवनकुमार रोक्कालाई पराजित गरे। तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे।

 

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरु, नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रवि खड्काले समान ११ हजार प्राप्त गरे। यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार प्राप्त गरे।

 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि ४ खेलाडी देशबाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए। सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रहेको थियो।

 

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुरराज अधिकारीले पुरस्कार वितरण गरे। सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।

ADBL
prabhu bank

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

वि.सं.२०७९ चैत ४ शनिवार ११:१३

      काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान...

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मान  : प्रतिखेलाडी ३ लाख दिने घोषणा ( फोटो फिचर )

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मान  : प्रतिखेलाडी...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका...

नेपाली टोलीलाई पुर्वप्रधानमन्त्री देउवा, ओली र नेपाललको बधाई

नेपाली टोलीलाई पुर्वप्रधानमन्त्री देउवा, ओली र नेपाललको...

वि.सं.२०७९ चैत २ बिहीवार २०:१६

    काठमाडौं । पूर्व प्रधानमन्त्री, शेर बहादुर देउवा, केपी...

पीएनजीविरुद्ध नेपालको किर्तिमानी जित

पीएनजीविरुद्ध नेपालको किर्तिमानी जित

वि.सं.२०७९ चैत १ बुधवार १७:०७

  काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय...

१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु

१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी...

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:१६

  भक्तपुर । सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट...

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जिते

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको...

वि.सं.२०७९ पुस ४ सोमवार ००:४४

काठमाडौं  । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि...