पृथ्वीकाे पैसाले चार बैकलाई पिरलाे
Thursday Feb 09, 2023
वि.सं.२०७९ माघ २६ बिहीवार १६:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पटक ९ वटा बैंकलाई कारवाहीको डण्डा बर्साएको छ । जसमध्ये ४ वटा बैंकसँग एकै पटक २ करोड जरिवाना समेत तिराएको छ ।
विदेशमा आर्जन गरिएको रकम गैरकानुनी बाटोबाट नेपाल भित्राएका ४० करोड सम्पत्तिको स्रोत देखाउन नसकेको पृथ्वीबहादुर शाहको शंकास्पद रकम खुला गरिदिएसँगै एकै पटक चार वटा बैंकलाई कारवाही गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले प्रभु बैंक,प्राइम कमर्सियल बैंक,कुमारी बैंक र बैंक अफ काठमाडौंलाई ५० लाखको दरले २ करोड जरिवाना तिराएको हो ।
पृथ्वीले सम्पत्तिको स्रोत देखाउन नसकेपछि नेपाल राष्ट्र बैंकले २०७७ चैत १९ गते ती बैंकहरुलाई शाहको खातामा रहेको रकम खाता रोक्का गर्न निर्देशन दिएको भए पनि चार वटा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अटेर गरेका कारण उनीहरुलाई कारवाही गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
गत पुस ५ गते बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैंठकको निर्णयानुसार चार वटा वाणिज्य बैंकलाई कारवाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसका अलवा अन्य ५ वटा बैंकलाई कारवाही गरिएको बैंकले जनाएको छ ।
कारवाहीमा परेकामध्ये अध्यक्ष, सञ्चालक तथा सीईओसमेत परेका छन् ।
यस्तै माछापुच्छ्रे बैंक,सानिमा बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।




























