CG Electronics
IME Life
Ncell NPL

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा एक दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

एनआइसी एशिया लघुवित्तको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती तालिम बिहीबार पिस प्वाइन्ट पार्टी प्यालेस, गोपीगन्ज नवलपरासी (वर्दघाट रोड ) मा सम्पन्न गरेको हो ।

 

संस्थामा आबद्ध रहेका तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने हेतुले उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमर नाथ सेढाईंले बताए ।

 

संस्थाको उप प्रदेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भइरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

उक्त तालिम कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पारेका थिए भने पशु तथा कृषि प्राविधिक निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवसाय सम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए ।

 

कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमर नाथ सेढाईंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविश्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पुर्‍याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...